Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


फिफा विश्वकप फुटबलमा कप्तान मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिनाकाे विजयी शुरूवात

अल्जेरियाकाे लज्जास्पद हार

26
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिनाले कप्तान लियोनल मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई पराजित गरेकाे छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा बुधबार भएकाे खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० गाेल अन्तरले पराजित गरेकाे हाे । कप्तान मेसीले खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरेका थिए । विश्वकप फुटबलमा मेसीको यो १६औं गोल पनि हो ।

कप्तान मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन् । क्लोजले १६ गोल गरेका थिए । मेसी र क्लोजपछि फ्रान्सका एम्बाप्पेले १४ गोल गर्दै पछ्याइरहेका छन् । खेलको शुरुवातमै अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन ।

साविक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजयी शुरुवात गरेको हो । छैठाैं पटक विश्वकप खेल्ने मेसी पहिलो खेलाडी पनि बनेका छन् । कप्तान मेसीले अर्जेन्टिनाका लागि दुई सयौं क्याप पनि जितेका छन् ।