काठमाडाैं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर नलाग्न आग्रह गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । उहाँले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउनेतिर सरकार लाग्न नहुने बताउनुभयाे । पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा…