Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गर्ने सरकारकाे तयारी


0
Shares

काठमाडाैं । सरकारले हेटौंडा कपडा उद्योग फेरि सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको जनाएकाे हाे । सरकारले २०८३ साल असार १८ गते हेटौंडा कपडा उद्योग फेरि सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको जनाइएकाे छ।

पछिल्लो समयमा ७ वटा बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य (डीडीए) रिपोर्ट बनाउने काम भइरहेको मन्त्रालयले जनाएकाे हाे। कसरी सञ्चालन गर्ने भन्नेबारेमा भने डीडीए रिपोर्ट आएपछि मात्रै तय हुने भएकाे छ ।

२०६९ साल माघ १२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा गएको हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको लागि परीक्षण उत्पादन गर्न यहि असार १८ गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको थियाे ।