एजेन्सी । इरानका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका लागि तेहरानमा लाखौं मानिसहरू सहभागी भएका छन् ।
लाखाैं मानिस एवं सय भन्दा बढी देशका प्रतिनिधि उपस्थित भएका थिए। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका–इरानबीच सैन्य कारबाही नहुने र त्यसपछि वार्ता पुनः शुरु हुने बताउनुभएको छ । तर गाजा र दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको हाे ।
टर्कीले इजरायलमाथि अमेरिका–इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ । अन्त्येष्टि यहि जुलाई ९ तारिखमा खामेनीको गृह शहर मशहदमा समापन हुने भएकाे छ ।
गत फेब्रुअरी २८ तारिखमा इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा ८६ वर्षीय खामेनीको ज्यान गएको थियो । अमेरिका–इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो। छोरा मोज्तबा भने घाइते भएका थिए । अहिले मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ ।
नेता खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो । नेता खामेनीले ३६ वर्षसम्म इरानको नेतृत्व गर्नुभएको हाे ।









प्रतिक्रिया दिनुहोस्