काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुई वटा समितिका बैठक आइतबार बस्दैछन् ।
संसद सचिवालयले अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको आयतबार बैठक बस्न लागेको जनाएकाे हो । अर्थ समितिको बैठक आइतबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ को मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरुका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरुसँग छलफल गर्ने कार्यसूची रहेको हाे ।
त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक आइतबार दिउँसो २ बजेदेखि सिंहदरबारमा बस्ने भएकाे छ । बैठकमा समितिको कार्यविधि तथा आचारसंहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदन तथा समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका विषयमा छलफल गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्