काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकपको उपाधिका लागि आइतबार राति घरेलु टोली इंग्ल्याण्ड र साविक विजेता अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएकाे छ।
इंग्ल्याण्डकाे लड्र्समा आइतबार राति सवाँ ८ बजेदेखि इंग्ल्याण्ड र साविक विजेता अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने हुने भएकाे हाे। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका थिए । इंग्ल्याण्डले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको हो । दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा उत्रिने भएका छन् । अस्ट्रेलियाको महिला टोलीले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै उपाधि नजिकै पुगेको हो ।
अस्ट्रेलिया र इंग्ल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन् । आइतबार हुने खेलले विश्व महिला क्रिकेटको च्याम्पियन टोली तय गर्ने भएकाे छ ।









प्रतिक्रिया दिनुहोस्