काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ। संघले पृथ्वी राजमार्गमा वैकल्पिक ट्याक खुलेर ग्यास बुलेटहरू सिधै काठमाडौं आउन थालेपछि ढुवानी भाडाबापत थपिएको रकम हटाउँदै पूर्ववत मूल्य कायम गरेको जनाएकाे हो । गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा…