काठमाडाैं । सुनसरीकाे इटहरी उपमहानगरपालिका-४ मा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले सुनसरीले मृत्यु हुनेमा धनकुटा नगरपालिका-२ भिरगाउँका २९ वर्षीय अनिल राई रहेकाे जनाएकाे हाे। दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन् । विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो । सोही अस्पतालमा सन्दीपको उपचार जारी रहेकाे प्रहरीले बताएकाे छ ।
सडकमा राखिएका डिभाइडरमा मोटरसाइकल ठोक्किएको थियो ।









प्रतिक्रिया दिनुहोस्