Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


एशियाली खेलकुद महिला भलिबलमा इन्डोनेशियाकाे नेपालमाथि सहज जित

नेपाल समूह चरणबाटै बाहिरियो

0
Shares

काठमाडाैं । जापानमा जारी २०औं संस्करणको एशियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाटै बाहिरिएको छ।

बिहीबार भएको समूह ‘ए’ को खेलमा इन्डोनेशियाले नेपाललाई ३-० को सोझो सेटमा पराजित गरेकाे हाे । इन्डोनेशियाले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जित्यो । योसँगै समूह ‘ए’ बाट जापान र इन्डोनेशिया क्वाटरफाइनलमा पुगेका छन् । यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो । अब नेपालले वरीयताका लागि प्लेअफ खेल्ने भएकाे हाे।

प्रतियोगितामा ४ वटा समूहमा १४ टोली सहभागी छन् । समूह ‘ए’ र ‘बी’ मा ३-३ र समूह ‘सी’ र ‘डी’ मा ४-४ वटा टोली रहेका हुन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने भएका छन् । एशियाली खेलकुदको औपचारिक उद्घाटन शनिबार हुने भए पनि लामो समयसम्म चल्ने केही खेलका लिग चरणको खेल भने शुरू भइसकेको हाे ।

प्रतियोगितामा नेपालले २१ खेलमा सहभागिता जनाएको छ ।