सबै जनतालाई समानरुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले थालिएको स्वास्थ्य बिमासम्बन्धी ऐन व्यवस्थापिका–संसदबाट पारित भएको छ । ऐन बनेसँगै यसको महत्व पनि निकै बढेको छ । सरकारले ल्याएको स्वास्थ्य बिमा ऐन कार्यान्वयनमा ल्याउनसके नेपालको स्वास्थ्य क्षेत्रले फड्को मार्ने निश्चित छ । लामो प्रयासपछि संसदले पारित गरेको स्वास्थ्य बिमा ऐनले आधारभूत स्वास्थ्य सेवाका साथै अतिरिक्त सेवा पनि…