चिकित्सा शिक्षा अध्यादेश जारी, उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न प्रतिबन्ध • Image Khabar Image Khabar


चिकित्सा शिक्षा अध्यादेश जारी, उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न प्रतिबन्ध


Imagekhabar
६ कार्तिक २०७४, सोमबार २०:४२

चिकित्सा शिक्षा अध्यादेश जारी, उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न प्रतिबन्ध

चिकित्सा शिक्षामा सुधारको माग गर्दै १४ पटकसम्म अनशन बसेका प्रा.डा.गोविन्द केसीसँगको सहमति अनुसार नै सोमबार सरकारले अध्यादेश जारी गरेको हो ।

अध्यादेश अनुसार काठमाडौं उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाइने छैन भने कुनै पनि विश्वविद्यालयले पाँच ओटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन पाउने छैनन् ।

त्यस्तै, सरकारी वा सार्वजनिक मेडिकल कलेजले ७५ प्रतिशत छात्रवृत्ति दिनु पर्ने छ भने मेडिकल कलेज सन्चालनमा आएको तीन वर्षभित्र आफ्नै अस्पताल हुनुपर्ने प्रावधान रहेको छ ।

यो अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन सरह लागू हुने छ । तर, नयाँ संसद आएपछि भने दुबै सदनबाट पारित हुनु पर्दछ । संसदबाट पारित नभए वा संसद सुरु भएको दुई महिनासम्म पनि पेश नभए अध्यादेश स्वतः खारेज हुने छ ।

प्रतिक्रिया दिनुहोस्