ट्राफिक प्रहरीलाई क्यान्सरबाट जोगाउन चेतनामूलक कार्यक्रम • Image Khabar Image Khabar


ट्राफिक प्रहरीलाई क्यान्सरबाट जोगाउन चेतनामूलक कार्यक्रम


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार १६:५६

ट्राफिक प्रहरीलाई क्यान्सरबाट जोगाउन चेतनामूलक कार्यक्रम

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा डा.बिनोदमान श्रेष्ठले विश्व स्वास्थ संगठनका अनुसार विश्वमा वर्षेनी ६ लाख मान्छेको मृत्यु सूर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको बताए ।

नेपाल जस्तो देशमा सबैको महँगो उपचार गर्नसक्ने क्षमता नभएकाले जनचेतना जगाउनु आवश्यक रहेकोमा डा.श्रेष्ठले जोड दिए ।

उपत्यकामा दिनानुदिन बढ्दो वायु प्रदुषणको प्रत्यक्ष असर ट्राफिक प्रहरीलाई पर्ने गरेको र धेरै जसो ट्राफिक प्रहरी क्यान्सरको शिकार बन्नु परेको डा.श्रेष्ठको दाबी छ ।

क्यान्सर रोगबाट जोगिन सवैभन्दा पहिले जीवनशैली परिवर्तन गर्नुपर्नेमा पनि विशेषज्ञहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्