स्वास्थ्य बिमा: सबैभन्दा बढी सेवा लिने उच्च रक्तचापका बिरामी • Image Khabar Image Khabar


स्वास्थ्य बिमा: सबैभन्दा बढी सेवा लिने उच्च रक्तचापका बिरामी


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार १८:४९

स्वास्थ्य बिमा: सबैभन्दा बढी सेवा लिने उच्च रक्तचापका बिरामी

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.भुवन पौडेलले हालसम्म सात हजार ७५१ जनाले उच्च रक्तचापको उपचार सेवा लिएको बताउँदै त्यसबाहेक पेट, ग्यास्ट्राटिस, दाँत, नियमित चेकअप, मधुमेह र श्वासप्रश्वासको समस्या भएका बिरामीले उपचार सेवा लिएको जानकारी दिए ।

सरकारले हालसम्म २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको हो । चालु आवको अन्त्यसम्ममा थप १५ जिल्लामा यो कार्यक्रम बिस्तार गर्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएका जिल्लाहरुमा भोजपुर, खोटाङ, सिरहा, रामेछाप, रौतहट, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रुकुम, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा र बझाङ रहेका छन् ।

सरकारले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन २०७२ चैत २५ गते कैलाली, बाग्लुङ र कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो ।

यो कार्यक्रमअन्तर्गत हालसम्म दुई लाख ४५ हजार ६६ बिमितमार्फत रु १४ करोड २४ लाख २५ हजार ९८७ रकम संकलन भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक पौडेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्