प्रदीप आचार्य (इमेज) बुटवल, भदौ ४ । कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । देवदह नगरपालिका-३, शिशपुरका ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदहस्थित देवदह मेडिकल कलेजमा मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले जानकारी दिनुभयो । उहाँकाअनुसार ती पुरुषमा बुधबारमात्रै कोरोना पुष्टि भएको थियो । पक्षघात, उच्च रक्तचाप र मधुमेहका रोगी…