Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चितवनबाट फरार कोरोना संक्रमित नुवाकोटमा पक्राउ


0
Shares

नुवाकोट, भदौ १० । चितवनस्थित भरतपुरमा रहेको ‘आइसोलेसन’बाट फरार भएका एक संक्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ ।

बेलकोटगढी नगरपालिका–५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा काम गर्दै आएका १९ वर्षीय जोयल भन्ने सुनिल परियारलाई बुधबार बेलकोटगढी–६, सुकौरा खोलाको किनारबाट पक्राउ गरेर त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णुहरि फुँयालले जानकारी दिनुभयो ।

यही भदौ ६ गते कोभिड–१९ संक्रमित भएको पुष्टि भएका परियारलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षामा राखिएको थियो । उनी मंगलबार बिहान ६ः०० बजे आइसोलेसनबाट फरार भएका थिए ।

फरार संक्रमितलाई प्रहरीले स्वास्थ्य मापदण्ड पूरा गरी पक्राउ गरेको जनाएको छ ।

फरार संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’को कार्य भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

Skip This