काठमाडौं, असोज २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक सातामै काठमाडौं उपत्यकामा १० हजार बढी व्यक्तिमा कोरोना संक्रमण भएको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले निषेधाज्ञा खुलेसँगै भिडभाड र स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण बढेको उल्लेख गर्नुभयो । उहाँले कोरोना संक्रमणको जोखिम बढिरहेको र भेन्टिलेटर तथा आईसियु बेड…