
काठमाडौं । हिजोआज सामान्य घाँटी दुख्दा पनि कोरोनाको आशंका गर्न थालिएको छ । खाँदा र पिउँदा दुख्नेगरेको घाँटीमा अन्य समस्यामा पनि हुनसक्छ ।
घाटीको भाग सुन्निने र पानी समेत पिउन नसक्ने गरी हाम्रो घाटी दुख्दा धरैले यसलाई टन्सिलको रुपमा लिने गर्छन् ।
कोरोनाको लक्ष्यणमा घाँटी दुख्नने स्वासप्रस्वासमा समस्या हुन्छ । तर घाँटी दुख्नु अन्य कारणले पनि भएको हुन्छ ।
मानिसहरुले चिसो वा टन्सिल होला भनेर यसलाई खासै ध्यान दिँदैनन् । कोरोना नै भयो भनेर अनुमान गर्नु गलत हुन्छ ।
लामो समयसम्म गला दुख्यो भने थाइराइडको समस्या पनि हुनसक्छ । थाइराइडको ग्रन्थी हाम्रो घाँटीमा हुन्छ ।
यसले शरीरलाई आवश्यक पर्ने हार्मोन उत्पादन गर्छ । तर अनावश्य रुपमा थाइराइड बढ्न थालेमा क्यान्सर समेत हुनसक्छ ।
थाइराइड क्यान्सरको लक्षण
-घाटी सुन्निन्छ । पानी, खाना खान र थूक निल्न गाह्रो हुन्छ ।
-गलामा गाठा आएको महशुस हुन्छ ।
-विरामी परेजस्तो कमजोर महशुस हुन्छ ।
-काम गर्दा बढि थकान महशुस हुन्छ ।
-महिलाहरुमा रजस्वला छिटो छिटो सुरु हुन्छ ।
-रजस्वलाको समायमा अत्याधिक पिडा हुन्छ ।
-शरीरको मांसपेशी तथा जोर्नीहरुमा पिडा महशुस हुन्छ ।
थाइराइड क्यान्सरले लिन्छ ज्यान
थाइराइडको समस्या धेरैजस्तो ३० वर्ष उमेर कटेमा मानिसहरुमा बढि हुन्छ ।
चिकित्सकको अनुसार थाइराइड क्यान्सर पुरुषमा भन्दा महिलामा तीन गुण बढि हुन्छ ।
रेडियसन थेरापी गर्ने व्यक्तिहरु थाइराइड क्यान्सरको जोखिममा हुन्छ ।
विकिरणहरुको कारण थाइराइड हुने सम्भावना धेरै हुने भएकाले कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाह लिएर मात्रै रेडियसन थेरापी गर्नुपर्छ ।
त्यसैले थाइराइडबाट जोगिन कुनै समस्या भएमा रेडियसन थेरापी गर्नुहुँदैन ।
थाइराइड वंगाणुगत समस्या भएकाले आफ्नो परिवारमा कसैलाई थाइराइडको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि थाइराइड क्यान्सर हुनसक्छ । त्यसलैले थाइराइड क्यान्सर हुनबाट बच्न समय समयमा थाइराइडको परीक्षण गर्नुपर्छ ।
थाइराइडको लक्षण भएका व्यक्तिहरुमा अल्ट्रासाउण्ड गरेर क्यान्सर भएको छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । थाइराइड क्यान्सर भएमा तत्काल अप्रेशन गरी थाइराइड ग्रन्थि काटेर फाल्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्