काठमाडौं उपत्यकामा २५४० सहित ४३६४ जना कोरोना संक्रमित थपिए • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा २५४० सहित ४३६४ जना कोरोना संक्रमित थपिए


Imagekhabar
२२ आश्विन २०७७, बिहीबार १६:४२

jail threaten

काठमाडौं, असोज २२ । पछिल्लो २४ घण्टामा ४३६४ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

देशभर संक्रिय संक्रमितको संख्या २६६८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जना कोरोना संक्रमित थपिएका छन ।

जसमध्ये काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना कोरोना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्