काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर एक हजार ६६ जना कोरोनाका संक्रमित थपिएका छन् । ११ हजार तीन सय ८५ जनाको परीक्षणमा एक हजार ६६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार थप १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ…