काभ्रे । स्वास्थ्य मापदण्ड पालना गर्न खबरदारी गर्दै काभ्रेमा मास्क अभियान सञ्चालन भएको छ ।
‘मेरो लागि, परिवारको लागि र समाजको लागि’ भन्ने मुल नाराका साथ भएको अभियानका सहभागीले कोभिड जोखिम कम गर्न सबैलाई सचेत हुन आव्हान गरेका छन् ।
स्वास्थ्य मापदण्डको पालनामा ध्यान नदिने हो भने जुनसुकै बेला संक्रमण फैलन सक्ने जोखिम रहेकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न उनीहरूले आग्रह गरेका छन् । मानिसको चहलपहल हुने बसपार्क, मन्दिर परिसर लगायतका स्थानमा मास्क वितरण गरिएको छ ।
यस्तै सार्वजनिक सवारी साधनमा कोरोना भाइरसको संक्रमणबाट बच्न उपनाउनुपर्ने सन्देशमूलक भनाइ अंकित स्टीकर टाँस्ने र यात्रुलाई मास्क वितरण गरिएको छ । अभियानमा सरकारी निकाय सँगसँगै विभिन्न सामाजिक संघसंस्थाले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्