Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


नौ जनाले जिते मोटरसाइकल र स्कुटर, प्रोटोन कारको विजेता को बन्ला ?


0
Shares

काठमाडौँ ।

म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन् ।

देशका विभिन्न सहरका उपभोक्तालाई समेटेको यस अभियानमा सुर्खेतदेखि वीरगञ्जसम्मका भाग्यशाली विजेताले पुरस्कार प्राप्त गरेका हुन् । अभियानअन्तर्गत हालसम्म पाँच जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र चार जनाले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।

मोटरसाइकल जित्नेमा बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, धनगढीका मोहन श्रेष्ठ, जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंह छन् । त्यस्तै, स्कुटर जित्नेमा सुर्खेतका किशोर जंग शाह, बुटवलका नरबहादुर फौगाड, धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत रहेका छन् ।

कम्पनीले अभियानमार्फत कुल १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल र १८ वटा यामाहा रे जेडआर स्कुटर वितरण गर्ने जनाएको छ । यसबाहेक बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली उपभोक्ताले प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

यसअनुसार अभियानमा मोटरसाइकल, स्कुटर र कार गरी कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । हालसम्म नौ वटा पुरस्कारका विजेता सार्वजनिक भइसकेकाले अब २७ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कारका विजेता घोषणा हुन बाँकी छन् ।

‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने नारासहित सञ्चालन भइरहेको अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको छ । विभिन्न सहरबाट विजेता सार्वजनिक भइरहँदा अब बम्पर पुरस्कारको प्रोटोन कार कसले जित्ला भन्ने चासो बढेको छ ।

Skip This