Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा आठ सय खेलाडी छनोट प्रतिस्पार्धामा


0
Shares

कञ्चनपुर ।

आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोटको तयारी थालिएको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरका २३ वटा खेल विधामा ८४० जना खेलाडीले छनोटका लागि फारम भरेका बताउनुभयो ।

“२३ वटा खेलमा ८४० जना खेलाडीले फारम भरेर खेल तयारीमा जुटेका छन”, उहाँले भन्नुभयो, “जिल्लाबाट प्रतिस्पर्धामार्फत ११५ जना छनोट हुनेछन् ।”

समितिले मङ्गलबारदेखि जिल्ला छनोट गर्ने तयारी गरेको उहाँले बताउनुभयो । कञ्चनपुरमा बक्सिङ, कराते, तेक्वान्दो, कुस्ती हक्की, भारात्वोलन, फुटबल, खोखो, क्रिकेट, टेबलटेनिस, उसु, कबड्डी, र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ ।

Skip This