Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


दाङको देउखुरी क्षेत्रका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण


0
Shares

काठमाडाैं ।

जिल्ला भूमि समस्या समाधान समितिले आज यहाँका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले आठ जना भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्नु भएको हो ।

अध्यक्ष पोखरेलले दिनुभएको जानकारीअनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ‘ख’ (हाल गढवा-३) का पाँच, साविक सोनपुर-५ ‘क’ (हाल लमही नगरपालिका३) का दुई र साविक लालमाटिया-३ का (हाल राप्ती गाउँपालिका-१) का एक जना भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उहाँहरू कानुनी रूपमा जग्गाधनी बन्नुभएको छ ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Skip This