Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

जनकपुरले प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।

यता पोखरा एभेन्जर्सले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो। त्यसैले आइतबारको खेलमा पोखरा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ भने जनकपुर जितको लयलाई निरन्तरता दिन चाहन्छ।

Skip This