७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


फ्रान्सले अक्सिजन प्लान्टका लागि पार्टपुर्जा र उपकरण प्रदान गर्ने


0
Shares

काठमाडौं । फ्रान्स सरकारले कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरूप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पार्टपुर्जा र उपकरण प्रदान गरेको छ ।

फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस्पतालका प्रतिनिधिलाई बिहीबार हस्तान्तरण गरेका गर्नुभएको हो ।

नेपालगञ्ज शिक्षण अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, फेवा सिटी हस्पिटल र फिसटेल हस्पिटल, ओखलढुंगा सामुदायिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, डडेलधुरा प्रादेशिक अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ६६ लाख ७२ हजार बराबरका अतिरिक्त पार्टपुर्जा प्रदान गरिएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।

यसअघि फ्रान्सले भेन्टिलेटरसहित सात टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको थियो ।