काठमाडौं । सुदूरपश्चिमको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेज यसै वर्षदेखि तीनसय शय्याको अस्पताल सञ्चालनमा आउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा अस्पताल सञ्चालनको लागि २ अर्ब रुपैयाँको बजेट मेडिकल कलेजका लागि बजेटमा प्रस्ताव गरिएको छ । यस्तै, सरकारले गेटा अस्पताल सञ्चालनको लागि स्वास्थ्य मन्त्रालयका ११ तहको चिकित्सक कार्यकारी निर्देशक हुनेगरी…