थप १२ जनामा कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


थप १२ जनामा कोरोना संक्रमण


65
Shares

काठमाडौं । देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ८७ जनामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर १ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।