समितिले मंगलबार सरोकारवालाहरुसँग छलफल गरी संविधानको मौलिक हककारुपमा रहेको खानेपानीको सुविधालाई सबै जनताको घरघरमा पुर्याउन सरकारलाई निर्देशन दिएको हो । समितिले ‘एक घर एक धारा’ भन्ने नारालाई पूरा गर्न तीव्ररुपमा काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । यसैगरी, गुणस्तरीय र स्वच्छ पिउने पानीको अभाव भएको गुनासो आएपछि समितिले यसप्रति गम्भीर हुनसमेत सुझाव दिएको…