सबै जनतालाई खानेपानीको सुविधा पुर्‍याउन सरकारलाई निर्देशन « Image Khabar


सबै जनतालाई खानेपानीको सुविधा पुर्‍याउन सरकारलाई निर्देशन


Imagekhabar
२६ पुष २०७३, मंगलवार १४:०८

समितिले मंगलबार सरोकारवालाहरुसँग छलफल गरी संविधानको मौलिक हककारुपमा रहेको खानेपानीको सुविधालाई सबै जनताको घरघरमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले ‘एक घर एक धारा’ भन्ने नारालाई पूरा गर्न तीव्ररुपमा काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यसैगरी, गुणस्तरीय र स्वच्छ पिउने पानीको अभाव भएको गुनासो आएपछि समितिले यसप्रति गम्भीर हुनसमेत सुझाव दिएको छ ।

यसैगरी, समितिले सबैलाई खानेपानी पुर्‍याउने लक्ष्य अहिलेसम्म पूरा नहुनुको कारणसमेतको प्रतिवेदन बुझाउन भनेको छ ।

बैठकमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मौलिक हककोरुपमा रहेको खानेपानीलाई सबै ठाउँमा पुर्‍याउने गरी सरकारले काम गरिरहेको बताए ।

उनले गतवर्ष गएको भूकम्पका कारण धेरै खानेपानीका आयोजनामा धेरै क्षति भएकाले सन् २०१७ सम्ममा सबै जनतालाई खानेपानीको सुविधा पुर्‍याउन सम्भव नभएको जानकारी दिए ।

राज्यमन्त्री खड्काले सबै ठाउँमा खानेपानी पुर्‍याउन अझै ४ देखि ५ वर्ष लाग्नसक्ने बताए ।

समितिका सदस्यहरुले चुहावट नियन्त्रण रोक्नसमेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्