
बृटिस गोर्खा नेप्लिज काउन्सिलले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले नेपाललाई विश्वमा चिनाउन गोर्खाले महत्वपूर्ण भूमिका खेलेको पनि बताए ।
डा.कोइरालाले संविधान संशोधन गरेर आर्थिक विकास गर्नु नै अहिलेको आवश्यकता भएको पनि बताए ।
नेकपा (एमाले)का नेता रवीन्द्र अधिकारीले मुलुकलाई आर्थिक विकासमा लैजानका लागि निर्वाचन आवश्यक रहेको बताउँदै वार्ता र छलफलबाट अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
परिषदका संस्थापक अध्यक्ष एकराज नेम्बाङ, परिषद्की अध्यक्ष सुविन लिम्बू, नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे र माओवादी केन्द्रका नेता सुरेश आलेमगरलगायतले मुलुकलाई निकास दिनका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।
कार्यक्रमका सहभागी अरु वक्ताहरुले पनि भूतपूर्व बृटिस गोर्खा र उनीहरुका सन्तानले नेपालमै रहेर देश विकासका लागि योगदान दिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्