२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारले ‘जबर्जस्ती सडक विस्तार गरेको’ भन्दै सडकमा उत्रिए स्थानीय


0
Shares

उनीहरुले परम्परादेखि आफूहरुले जोतपोत र उपभोग गरिरहेको जग्गामा सरकारले जबर्जस्ती गरी सडक विस्तार गरेको आरोप लगाएका हुन् ।

सोमबार माइतीघरमन्डलामा भेला भएकाहरुले सरकारले जबर्जस्ती सडक विस्तार गरी आफ्नो जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै उचित मुआब्जा र क्षतिपूर्ति दिन माग गरे ।

व्यक्तिको सम्पत्तिमाथि जबर्जस्ती गरेर सरकारले विकासको नाममा संवैधानिक अधिकार नै उल्लंघन गरेको दाबी उनीहरुले गरे ।