
भण्डारीले राजनीतिक कर्मथलो बनाएको इटहरा गाविसलाई विकासका पूर्वाधार निर्माण गरेर नमूना गाउँ बनाउन लागिएको हो ।
नमूना गाउँका लागि इटहरा ८ लाई मदनग्राम नाम दिएर मदन भण्डारी स्मृति प्रतिष्ठानले भण्डारीको घर, जग्गा स्वामित्वमा लिई काम थालेको हो ।
२०३२ सालदेखि इटहरा ८ मा बसेका भण्डारीको गाउँसँगै घरलाई मदन नमूना संग्रालय बनाउने तयारी गरिएकोे मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरू बरालले जानकारी दिए ।
मदन बसेको घरलाई अहिले संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।
मदनग्रामका लागि भण्डारीको घरमा प्रयोग भएका ५सय ३२ वटा सामानको सूची बनाएर सङ्कलन गरिसकिएको छ ।
केही सयम अघिमात्र इटहरास्थित मदन भण्डारीको घर र सो क्षेत्रको अवस्थाबारे राष्ट्रपति विद्या भण्डारीले अवलोकन नै गरेकी थिइन् ।
जननेता भण्डारीसँग विवाह गरेपछि सोही घरमा राष्ट्रपति भण्डारी बसेका थिए । अब भने उक्त घरजग्गा प्रतिष्ठानले आफ्नो स्वामित्वमा लिएर संरक्षण गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्