महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका चारवटा ट्रेड युनियन र सरकारी वकिलले निर्णय नसच्याएसम्म बहस ठप्प पार्ने बताएका छन् । उनीहरुले उच्च अदालतका न्यायाधीशहरु नियुक्तिमा भेद्भाव र पक्षपात भएको आरोप पनि लगाएका छन् । सरकारी वकिलहरुले न्यायलयबिरुद्ध हुने असहयोग आन्दोलनमा सहभागी हुनसमेत सबैसँग आग्रह गरेका छन् । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता टेकबहादुृर घिमिरेले आन्दोलनलाई केही दिन दबावका रुपमा…