२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा विश्वका दुईसय प्रतिनिधि


0
Shares

नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल हुने छ ।

कार्यक्रममा सहभागी राष्ट्रका प्रतिनिधिले आआफ्नो देशमा अहिले जलवायुले पारेको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा स्पेन, क्यानडा, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, चीन र जापानका प्रतिनिधि पनि रहनेछन् ।

प्रकृति मानव केन्द्रित जनआन्दोलन नेपाल शाखाका अध्यक्ष दीनदया रिजालले जलवायु परिवर्तनका असरले पृथ्वीको तापक्रममा भएको वृद्धि तथा अहिले विभिन्न हिमालमा हिउँ जम्ने तथा पग्लने क्रम घट्दै गइरहेको बताउँदै यसले आगामी दिनमा मानव स्वास्थ्य र वातावरणमा नराम्रो असर पार्ने बताए ।

उनले जलवायु परिवर्तनका कारण, त्यसले सार्क क्षेत्रलाई पारेको असरका साथै न्यूनीकरणका उपायका बारेमा पनि सम्मेलनमा छलफल गरिने जानकारी दिए ।

सम्मेलनमा विश्व शान्तिका लागि हतियार उत्पादन गर्ने राष्ट्रलाई निःशस्त्रीकरण गर्नसमेत दबाब दिइने बताइएको छ । रासस