बसको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती गम्भीर

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार ना७ख ३८९ नम्बरको बसले मे१ह १९ नम्बरको इरिक्सालाई ठक्कर दिँदा इरिक्साचालक कनकाई नगरपालिका–८ निवासी ६२ वर्षीय लक्ष्मण मगरको मृत्यु भएको हो ।
पूर्वबाट–पश्चिमतर्फ आउँदै गरेको इरिक्सा जुके कल्भर्टबाट उत्तर हुँदै जुमुनखाडी सीमसार क्षेत्रतर्फ मोडिदा सोही दिशातर्फ आउँदै गरेको यात्रीबाहक बसले ठक्कर दिँदा मगरको मृत्यु भएको हो ।
बसको ठक्करबाट सोही इरिक्सामा सवार मगरकी श्रीमती ५५ वर्षीय इन्दिर मगर गम्भीर घाइते भएकी छन् ।
उनको विर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
दुर्घटनामा संलग्न दुबै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । रासस