नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने « Image Khabar


नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने


Imagekhabar
८ माघ २०७३, शनिबार १८:४८

भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

चुनावलाई मध्यनजर गर्दै शान्ति–सुरक्षा प्रदान गर्न भारतको बहराइच नानपारामा शनिबार बसेको नेपाल र भारतका सुरक्षाकर्मीको बैठकबाट अत्यावश्यक साधन एम्बुलेन्सबाहेक सीमा क्षेत्र बन्द गर्ने निर्णय भएको उपरीक्षक बोहराले बताए । रासस

प्रतिक्रिया दिनुहोस्