Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


छोरालाई कुटपिट गरी घाइते बनाएका शिक्षकलाई कडा कारबाहीको माग

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जोनिसका बाबु मोहन राईले छोरालाई कुटपिट गरी घाइते बनाएका शिक्षकलाई कडा कारबाहीको माग राखेका हुन् । कक्षा–३ मा अध्ययनरत् जोनिस गत फागुन १५ गते शिक्षक दावा मोक्तानको कुटपिटबाट घाइते भएका हुन् । विद्यालय प्रशासनबाट न्याय नपाएको भन्दै जोनिसका परिवारले अदालत जानेसमेत जनाएका छन् ।