Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बसको ठक्करबाट चित्तल मर्‍यो, बस नियन्त्रणमा

लमही नगरपालिका–७ को सतवरिया र अर्जुन खोलाको बीचमा पर्ने हस्नापुर जाने प्रतीक्षालयनजिकै बसको ठक्करबाट सोमबार (आज) बिहान एउटा चित्तल मरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट जाजरकोटतर्फ जाँदै गरेको ना ६ ख ४०५ नम्बरको बसले आज बिहान राजमार्गबाट बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिँदा…