घाइते हुनेमा चिनियाँ नागरिक जो हुन कु, सुर्खेत, ढुंगेखर्क–१ का सुरवीर घर्ती, बर्दिया, हापुर–१ का भरत थारु, सोही ठाउँका हरिप्रसाद थारु, जिपचालक रसुवा, सरमथलीका टीकाराम तामाङ छन् । उनीहरु सबै रसुवागढी हाइड्रोपावरका कर्मचारी हुन् ।
यस्तै, सोही गाडीमा सवार रसुवा, थुङमनका मिङमर ग्याजेङ तामाङ र डोल्मा तामाङ पनि घाइते भएका छन् ।
तातोपानीनजिक भएको ठक्करबाट स्कार्पियो जिप करिब ५० मिटर तल भोटेकोसी नदी किनारमा खसेको थियो ।
घाइते सबैलाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्