क्षेत्रीयस्तरको यो विमानस्थलबाट दैनिक दुईदर्जन विमानहरुले उडान भर्छन् । करिब १२ सयको हाराहारीमा यात्रीहरु दैनिक ओहोर–दोहोर हुने गरेका छन् ।
यसरी सधैं व्यस्त रहने विराटनगर विमानस्थल भने केही समययतादेखि सुरक्षामा ध्यान नदिँदा अस्तव्यस्त बन्ने गरेको छ ।
राजनीतिक दलका नेता विराटनगर आउँदा स्वागतका लागि पुग्ने कार्यकर्ताहरुको भीडले विमानस्थलको भीआइपीकक्ष भरिभराउ हुने गरेको छ ।
भीआइपी कोठाभित्र हुँदै एअरपोर्ट रनवेसम्म पुग्ने कार्यकर्ताकाका कारण विमानस्थल क्षेत्रको सुरक्षा चुनौतीसमेत बढेको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बनेपछि पहिलोपल्ट विराटनगर आउनेक्रममा आइतबार पनि विराटनगर विमानस्थलमा यस्तै दृश्य देखिएको थियो ।
मन्त्री थापालाई स्वनगत गर्न भीआइपीकक्ष हुँदै धेरै कार्यकर्ता विमानस्थलको रनवेसम्म पुगेका थिए ।
सुरक्षाकर्मी र विमानस्थलको व्यवस्थापन पक्ष भीडलाई रोक्न असफल देखिएको थियो ।
विमानस्थलको भीआइपीकक्षमा विशिष्ठ व्यक्ति आउँदा एकपटकमा ११ जना सीमित व्यक्तिलेमात्र प्रवेश गर्न पाउने प्रावधान रहेको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंह बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्