३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


कलम छाराको निधन


0
Shares

धनकुटामा शनिबार आठपहरीया समाजको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा हृदयघात भएका छाराहांगको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकोक्रममा निधन भएको जनाइएको छ ।

संघीय लिम्बुवान पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ६५ वर्षीय छाराहांगले आठपहरीया जातिको कला–संस्कृतिको संरक्षण, उत्थानमा महत्वपूर्ण योगदान दिएका छन् ।

धनकुटामामात्र बसोबास रहेको आठपहरीया जातिको जनसंख्या २५ हजारको हाराहारीमा रहेको अनुमान छ ।