प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित पाँच सदस्यीय पूर्ण इजलासमा अन्तिम सुनुवाई शुरु भएको हो । इजलासमा हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, र अनिलकुमार सिन्हा छन् ।
सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि अर्का दाबेदार डीआईजी नवराज सिलवालले निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।
सर्वोच्चले यसअघि नै सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । सर्वोच्चको आदेशपछि सरकारले प्रहरी नियमावलीमा संशोधन गर्दै प्राविधिकतर्फका एआइजी डा दिनेशचन्द्र पोखरेललाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्