सिनेटर क्रिस्टोफर कुन्स र जेफ मक्र्लीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवटारमा भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्ड र सिनेटरहरु बीच नेपालमा सन्चालित विकास आयोजना, तिनीहरुको मौलिकता र प्रभावकारिताका विषयमा कुरा भयो । प्रधानमन्त्रीले नेपालको विकास आयोजनाहरुमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिए । नेपाल राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको…