अरुण नदी थुनिएपछि १५ मिटर गहिरो बाँध बनेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा–गिटी र बालुवाले अरुण नदीलाई छेकेको हो । बाँध बनेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन ।
पानीको बहाव पहिलेकै अनुपातमा बगिरहेको भएपनि कुनैपनि बेला बाँधलाई अरुण नदीको बहावले फुटाउनसक्ने खतरा रहेको छ ।
शुक्रबारै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्कालगायतले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
स्याकसिला–४ का तीन घरमा क्षति पुगिसकेको र सातओटा घर उच्च जोखिममा रहेको जनाइएको छ ।
शुक्रबारै नदी किनारका १० घर–परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्










प्रतिक्रिया दिनुहोस्