Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नक्सा विपरीत निर्माण रोक्न हरेक घरमा इन्जिनियर


0
Shares

भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्सानुरुप निर्माण नगर्ने पाएपछि महानगरले आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन थालेको कापमाका इ राम थापाले जानकारी दिए ।

अहिले कामपामा नक्सा पास विपरीत निर्माण र तला थप्नेजस्ता काम भइरहेकाले सो कार्य रोक्ने उद्देश्यसहित अभियान सुरु गरेको थापाको भनाइ छ ।

यसअघि महानगरले नक्सा पास गर्ने र निर्माण सम्पन्न गरेपछि मात्र उक्त स्थानको निरीक्षण गर्ने गरेको थियो ।

अब निर्माण सुरु भएपछि सम्पन्न नहुँदासम्म नक्सानुरुप निर्माण गराउनका लागि महानगरका इन्जिनियर निरन्तर लागिपर्ने छन् ।

यसरी निर्माणका समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोकिने तथा अन्य कारबाहीको प्रक्रिया अघि बढाइने छ ।

“हालसम्म उजुरी परेको स्थानमा मात्र महानगरपालिकाका इन्जिनियर निरीक्षणका लागि जाने गरेका थिए” थापाले भन्नुभयो, “अब नयाँ बन्ने प्रत्येक घरमा महानगरका इन्जिनियर पुगेर जाँच गर्नेछन् ।”

काठमाडौँ उपत्यकामा हाल ८० प्रतिशत घर नक्सा विपरीत रहेको अनुमान कामपाको छ ।

कामपामा सरदर दैनिक १० घर बन्ने गरेका छन् । यसअघि बनाइएका घरहरु नक्सा पासअनुसार नहुने, खाली ठाउँ नराखिने, कम तलामा नक्सा पास गरेर पछि तला थप्नेजस्ता मापदण्ड विपरीतका बढी छन् । रासस