भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले काठमाडौंको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म भोलि बिहान ६ः३० बजेदेखि २० वटा बस सञ्चालनमा ल्याउने भएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेले भने,–‘भोलि बिहान ६ः३० बजे पुल्चोकबाट भक्तपुरका लागि पहिलो साझाबस छुट्नेछ, प्रत्येक दिन बिहान ६ः३०…