
दोस्रो चरणको निर्वाचनको मिति नजिकिएसँगै गाउँमा सुरक्षाको व्यवस्था मिलाउन म्यादी प्रहरीलाई जनपथ प्रहरीसँगै मिलाएर शान्ति–सुरक्षामा खटाइएको हो ।
तत्कालका लागि निर्वाचन परिचालनमा सहयोग पुग्ने गरी मतदानस्थलनजिकैको प्रहरी इकाइहरुमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
मतदानस्थलको सुरक्षाका लागि आवश्यकपर्ने संख्या बराबरमात्र म्यादी प्रहरी प्रहरी इकाइहरुमा परिचालन गरेपछि उनीहरु गाउँ पुगेका हुन् ।
धनकुटामा ११७ मतदानस्थलका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासँगै ७७६ म्यादी प्रहरी खटिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्