
फाइल फोटो
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई मंगलबार पत्र लेखी उक्त हमलामा परी १९ जनाको ज्यान गएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।
उनले यस दुःखद् घडीमा आफू, नेपाल सरकार र नेपाली जनताका तर्फबाट बेलायती सरकार र जनताप्रति समवेदना प्रकट गरेका छन् ।
मन्त्री डा. महतले सो घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै, मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घटनामा परी कैयौं व्यक्ति घाइते भएका छन् ।
मन्त्री डा. महतले सो घटनाको निन्दा गर्दै यस्तो अमानवीयकार्यमा संलग्नलाई जतिसक्दो चाँडो कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिएका छन् ।
उनले ‘नेपाल सधैं सबैखाले आतंककारी क्रियाकलापको विरुद्धमा छ’ भन्दै सो पत्रमा आतंककारीका विरुद्धमा गरिने कारबाहीमा नेपाल सरकार बेलायत सरकार र बेलायती नागरिकका पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्