गत असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चारबुँदे सहमति भएको थियो । समितिका अध्यक्ष होमनाथ चौलागाईंले सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौं संशोधन गरिनुपर्ने, ऐन संशोधन भएको ४५ दिनसम्म शिक्षकको विज्ञापन नखोल्ने सुनिश्चितताका लागि यही साउन १८ गतेबाट भद्रकालीमा अनशन बस्ने निर्णय गरिएको बताए । सहमतिअनुसार कानुन संशोधनपछिमात्र…