Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


छाडा चौपायाका कारण दुर्घटना बढेपछि नियन्त्रण अभियान सुरु


0
Shares

जथाभावी छाडिएका गाई, भैंसी, साँढेलगायतका चौपायाबाट पैदल यात्रीलाई मात्र नभई सवारीसाधन आवतजावतमा अवरोध हुन थालेपछि नगरपालिकाको सहयोगमा परासी र सुनवलमा अभियान सञ्चालन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

सडकमा सबैभन्दा बढी बाख्रा र साँढेलाई छाडा छाडिने गरेको छ । दुर्घटनाको कारणमध्येको पशु चौपाया पनि प्रमुख रहेकाले नियन्त्रण गरेर नगरपालिकाको जिम्मा लगाउन थालिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका पशु चौपायाका धनीलाई एक पटकलाई जनही दुई सय रुपैयाँका दरले जरिवाना गरेर छाड्ने गरिएको रामग्राम नगरपालिकाकाले जनाएको छ ।